Home / खेलकुद / छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना महामारीका बीच पनि यो संस्करण कसरी गर्ने आयोजना गर्ने भन्ने विषयमा बीसीसीआई नियमित छलफलमा छ ।

बोर्डका एक अधिकारीका अनुसार, खेल कहिले सुरू हुन्छ अझै भन्न सक्ने अबस्था छैन । बीसीसीआई कोरोनाको कारण रोकिएका क्रिकेट सिरिजमा सहभागिताका लागि दुई टोली बनाउने योजनामा छ ।एउटाले टेष्ट श्रृंखला र अर्कोले छोटो फर्म्याटका श्रृङखला खेल्ने बताइएको छ । कोरोनाका कारण रोकिएका खेल कसरी सञ्चालन गर्ने भनेर केही दिन अघि बीसीसीआईले अनलाईन बैठक गरेको थियो । बैठकमा अब २ टोली निर्माण गरेर अघिबढ्नुपर्ने माग उठेको थियो ।दुई टोली मध्धे एकले टेष्ट च्याम्पियनशीप र अर्कोले घरेलु क्रिकेटमा सहभागिता जनाउने योजना बनाउन बैठकमा धेरैले प्रस्ताव गरेका थिए ।